काठमाडौँ। एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच वामशक्तिहरूबीच एकताको सम्भावनाबारे छलफल भएको छ ।
खनालनिवास डल्लुमा दुई घण्टासम्म चलेको भेटवार्तामा दुई नेताले कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी रहेका थिए ।
पूर्वप्रधानमन्त्री खनालका स्वकीयसचिव कृष्ण भट्टराईले भेटका क्रममा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको बताए ।
‘समसामयिक राजनीतिक परिस्थितिबारे लामो कुराकानी भयो । विशेष गरी कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गरेकोमा दुवै नेताले चिन्ता व्यक्त गर्नुभयो,’ भट्टराईले भने ।
नेताहरूबीच वामपन्थी शक्तिहरूबीच एकताको सम्भावनाबारे पनि चर्चा भएको भट्टराईले बताए ।
प्रतिक्रिया