• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नेतान्याहुको प्रस्तावविरुद्ध अहिलेसम्मकै ‘सबैभन्दा ठुलो’ प्रदर्शन

    377
    SHARES


    काठमाडौँ। इजरायलमा हजारौँ मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भइरहेका छन् । यसलाई देशको इतिहासकै सबैभन्दा ठुलो आन्दोलन भनिएको छ ।

    इजरायली सरकारले देशको न्यायिक प्रणालीमा ठुलो परिवर्तनको योजना प्रस्ताव गरेपछि देशमा विगत १० हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ ।

    हाइफा जस्ता सहरहरूमा, प्रदर्शनकारीहरू रेकर्ड स्तरमा सरकार विरुद्ध सडकमा उत्रेका छन्, जबकि राजधानी तेल अभिभमा, करिब २ लाख मानिसहरूले यी प्रदर्शनहरूमा भाग लिएका छन् ।

    सरकारको प्रस्तावित परिवर्तनले देशको लोकतन्त्रलाई कमजोर बनाउने आलोचकहरू बताउँछन् । तर बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको सरकारले यो मतदाताका लागि राम्रो हुने बताएको छ ।

    आयोजकहरूले शनिबार देशका धेरै भागहरूमा विरोध प्रदर्शनहरू भएको जनाएका छन् जसमा ५ लाख मानिसहरू सहभागी थिए । इजरायली अखबार हारेट्जले प्रदर्शनलाई ‘देशको इतिहासमा सबैभन्दा ठुलो विरोध प्रदर्शन’ भनेको छ ।

    देशको दक्षिणमा बेयर शेवामा आयोजित एक प्रदर्शनको क्रममा विपक्षी नेता यायर लापिडले देश ‘इतिहासमा सबैभन्दा गम्भीर संकटको सामना गरिरहेको बताए ।

    इजरायली संसदले न्यायिक परिवर्तन सम्बन्धी विधेयकको पहिलो प्रस्ताव पारित गरिसकेको छ । फेब्रुअरी २१ को मध्यरातमा भएको मतदानमा संशोधनको पक्षमा ६३ र विपक्षमा ४७ मत परेका थिए ।

    सरकारल् यी सुधारहरू मार्फत सर्वोच्च अदालतले आफ्नो शक्तिको अत्यधिक प्रयोग नगर्ने सुनिश्चित गर्न चाहेको बताएको छ ।

    अदालतहरू नियन्त्रण गरेर नेतान्याहुले आफ्नो विरुद्धको भ्रष्टाचार मुद्दाहरूबाट बच्न चाहेको विपक्षीहरूको आरोप छ । नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ तर उनले ती आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ