• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    स्ववियु निर्वाचन : नेविसंघको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी

    471
    SHARES


    काठमाडौं। नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।

    स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले केन्द्रीय कार्यालय र कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

    नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्। अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाको राजीनामा माग गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ