• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्ववियु निर्वाचन : केहि क्याम्पसमा तालाबन्दि, २७ क्याम्पसमा निर्विरोध चयन

    584
    SHARES


    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुले नै तालाबन्दी गरेका कारण केही ठूला क्याम्पसहरुमा निर्वाचन अवरुद्ध भएको छ ।

    विशेषगरी विद्यार्थी संगठनको प्रतिष्ठा जोडिएका त्रिविअन्तर्गतका ठूला क्याम्पसहरूमा विवाद निकालेर कमजोर पक्षले बलियोलाई जित्न नदिन तालाबन्दी गर्ने प्रचलन यसपटक पनि देखियो ।

    पोखरास्थित पृथ्वीनारायण क्याम्पस, काठमाडौंका आर आर, नेपाल कमर्स क्याम्पस मिनभवन, भैरहवास्थित लुम्बिनी बाणिज्य क्याम्पसलगायतका ठाउँमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

    त्यस्तै नेविसंघ बलियो मानिने काठमाडौंको त्रिचन्द्र क्याम्पस, वीरगञ्जको ठाकुरराम बहुमुखी लगायतका क्याम्पसमा अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरूकै कारण उम्मेदवारी मनोनयन प्रक्रिया अवरुद्ध भएको त्रिविले जनाएको छ ।

    त्रिविका ठूला क्याम्पस भनेर आंगिकहरूलाई मानिन्छ । तीमध्ये अधिकांशमा उम्मेदवारी दर्ता भएकाले अब निर्वाचन हुँदैछ । आंगिकतर्फ धनकुटा बहुमुखी क्याम्पसमा भने सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    अन्य त्रिविबाट मान्यता प्राप्त साना क्याम्पसहरूमा भने सम्बन्धित जिल्लाकै दलहरू र विद्यार्थी संगठन मिलेर पद बाँडफाँट गर्दै सर्वसम्मत चयन गरेका छन् । हालसम्म त्रिविबाट प्राप्त अधिकारिक जानकारी अनुसार आंगिक र सम्बन्धन प्राप्तसमेत गरी २७ वटा क्याम्पसको स्ववियु सर्वसम्मत भएका छन् ।

    यो समाचार तयार पार्दासम्म सभापति लिएका आधारमा एमालेनिकट अनेरास्ववियुले १२, कांग्रेस निकट नेविसंघले ८ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ क्याम्पसको नेतृत्व पाएका छन् ।

    कुन क्याम्पसको स्ववियु सभापति कसले पाए ? हेर्नुस्
    अनेरास्ववियु
    १. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

    २. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

    ३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

    ४. कोटदेवल क्याम्पस दैलेख, सीता कार्की

    ५. गरुवा वहुमुखी क्याम्पस इलाम, गोपाल आचार्य

    ६. एकतप्पा बहुमुखी क्याम्पस इलाम, प्रतीक्षा खनाल

    ७. गरामनी क्याम्पस झापा, सन्तोष तिम्सिना

    ८. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

    ९. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

    १० सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

    ११ भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

    १२. गौमती बहुमुखी क्याम्पस सिन्धुली, नाम प्राप्त नभएको

    नेविसंघ
    १. ठोकर्पा सामुदायिक क्याम्पस, सरस्वती जिसी

    २. सिन्धु भ्याली क्याम्पस, सुरज चौलागाईँ

    ३. पाँचथर बहुमुखी क्याम्पस, मुना नेपाली

    ४. त्रिपुरेश्वर क्याम्पस सिन्धुली, भक्तबहादुर तामाङ

    ५. सिन्धुली बहुमुखी क्याम्पस, कृष्ण लामिछाने

    ६. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

    ७. जीतपुर क्याम्पस धनकुटा, निरुता खड्का

    ८. लाम्पान्टार क्याम्पस सिन्धुली,रामप्रसाद गौतम

    अखिल क्रान्तिकारी
    १. चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक,अमृत श्रेष्ठ

    २. ककलिङ क्याम्पस सिन्धुपाल्चोक, लक्ष्मण घिसिङ

    ३. मरिण बहुमुखी क्याम्पस सिन्धुली,विज्ञान दोर्जे बल

    ४. सुनकोशी क्याम्पस सिन्धुली,बिनिता न्यौपाने

    ५. सिद्धज्योति क्याम्पस सिन्धुली,गोविन्द पहाडी

    ६. गोरखा क्याम्पस,बिष्णु पाण्डे

    ७ स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम, किरण विश्वकर्मा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ