• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सफारीको ठक्करबाट ६८ वर्षीया पुण्यमायाको मृत्यु

    376
    SHARES


    सुनसरी । आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका-२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो ।

    सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।

    दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान भैरहेको बताएको छ ।

    यस्तै, उता सुदूरपश्चिम सहजपुर-बोगटान सडकको ५० किलोमिटर कालोपत्र गर्न पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले २०७५ फागुन ७ गते शिलान्यास गरे। उक्त सडकको ३० किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको छ । २० किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी छ । उक्त सडक खण्डको २२ किलोमिटर क्षेत्रमा अहिले सुख्खा पहिरो जान थालेको छ ।

    सुख्खा पहिरोका कारण ६ सय मिटर सडक निर्माणको काम रोकिएको सहजपुर-बोगटान सडक योजना कार्यालयका प्रमुख तेज भट्टले बताए। उनले भने, ‘सुख्खा पहिरोका कारण पनि काम गर्न समस्या छ । उनले भने, पहिरोले समस्या भएको छ । हामीले जालि लगाएका थियो । तर सुख्खा पहिरोले डेढ किलोमिटर कालोपत्र गर्न बाँकी छ । तल्लो बागछेडा क्षेत्रमा पनि काम रोकिएको छ ।’

    ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको भएपनि समय थप गरिएको हो । आउदो जेठ मसान्तसम्म सडक निर्माणको समय थप गरिएको छ । सडक निर्माणको ३० प्रतिशत काम बाँकी रहेकाले असारसम्म समेत निर्माणको काम पूरा हुनेमा आशंका गरिएको छ । सडकको ४८ दशमलव ६ किलोमिटर क्षेत्रमा खानेपानीको मूलका कारण काम रोकिएको हो ।

    डोटीको बडीकेदार गाउँपालिकाको बागछेडा नजिकको खोचमा खानेपानीको मूल मासिने चिन्ता गरिएको छ । सो क्षेत्रमा समेत पाँच सय मिटर सडक निर्माणको काम रोकिएको छ । उनले भने, ‘तल खानेपानी रहेछ । बागछेडा अगाडीको खोजीबाट पानी गाउँसम्म पुगेको रहेछ । ४८ दशमलव ६ सय मिटर क्षेत्रमा त्यो ठाउँ छ । पहिला सडकका कारण गएको पहिरोले पानीको मूल पुरिएको रहेछ।’

    २०४४ सालदेखि सहजपुर-विपीनगर-बोगटान सडकको ट्रयाक खोल्न सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको गाँडेबाझसम्म ५० किलोमिटर संघीय सरकारले कालोपत्र गर्दैछ ।

    ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सन २०२१ जुनमा सक्ने गरी सम्झौता भएको थियो । २ अर्ब २५ करोड लागतको सो सडकको प्रगति ८० प्रतिशत पूरा भएको छ । विवाद रहेको क्षेत्रमा सडक निर्माणको काम बाँकी रहेको कमल सावदले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ