News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सिन्धुली बस दुर्घटना अपटेड : ज्यान गुमाएका ६ मध्ये ३ जनाको सनाखत

1.1K
SHARES


a; b'3{6gf x'Fbf ^ sf] d[To' sdnfdfO{, @* kmfu'g M cf]vn9'Ëfaf6 sf7df8f}F hfg] qmddf dWokxf8L /fhdfu{cGtu{t lkmSsn ufFpkflnsf–$ s'xLeL/df cfOtaf/ b'3{6gf ePsf] af @ v ^%(^ gDa/sf] a; . a; b'3{6gf x'Fbf ^ hgfsf] d[To' ePsf] 5 eg] 3fOt] ofq'nfO{ pkrf/sf nflu sf7df8f}F k7fOPsf] k|x/Ln] hfgsf/L lbg'ePsf] 5 tl:a/M /flwsf a'9fyf]sL÷/f;;

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ जना मध्ये ३ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका-३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका-६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका-२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य ३ जनाको भने सनाखत हुन सकिरहेको छैन ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा  २ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो । बसमा चालकसहित ३६ यात्रु सवार रहेका थिए ।

सोह्र जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको सिलवाललेबताए । तीमध्ये ८ जनालाई हेलिकप्टरमा तथा ८ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया