News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

स्ववियु निर्वाचन : त्रिविको केन्द्रीय क्याम्पसमा नेविसंघको मात्रै ४ जना उम्मेदवार

238
SHARES


काठमाडौं। त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको लागि नेपाल विद्यार्थी संगठन (नेविसंघ) को मात्रै चार जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षले श्यामराज ओझालाई स्ववियु अध्यक्षको टिकट दिएपछि विष्णु बहादुर बडैलाले नेपाल स्वतन्त्र विद्यार्थी समाज दल दर्ता गरेर उम्मेद‌वारी दिएका छन् । संस्थापनइतरको समर्थनमा बडैला सभापतिको उम्मेदवार बनेका हुन् ।

त्यस्तैगरी नेविसंघकै दिपकराज जोशी र मिलन बस्नेतले पनि स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

दलका नेताहरुले नेविसंघ भित्रको विवाद समाधान नगर्दा यसपटक स्ववियु निर्वाचनमा नेविसंघले ठूलो क्षति बेहोर्नुपर्ने एक विद्यार्थी नेता बताउँछन् ।

नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा हुने त्रिवि केन्द्रिय क्याम्पसमा नेविसंघको फुटले अनेरास्ववियुलाई फाईदा हुने उनको बुझाइ छ ।

उनी भन्छन् ‘हामीभित्रको यो फुट दोस्रो पक्षको लागि अवसर हुने सम्भावना छ, नेतृत्वको कमजोरी समग्र संगठनले बेहोर्नुपर्ने स्थिति छ ।’

अखिल नेपाल विद्यार्थी युनियनले अखिल छैटौं र समाजवादी विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । नेविसंघभित्रको फुट नभएपनि अनेरास्ववियुको उम्मेदवार अरुको तुलनामा योग्य र क्षमतावान भएकोले अनेरास्ववियुको सम्भावना थप बलियो भएको अनेरास्ववियुका एक विद्यार्थी नेता बताउँछन् । अनेरास्ववियुले अध्यक्षमा प्रकाश विष्टलाई उम्मेदवार बनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया