काठमाडौँ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार राजीनामा बुझाएको जानकारी दिए ।
कांग्रेसको तनहुँ उपसभापतिदेखि केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म बनेका पौडेल पार्टीका वरिष्ठ नेता हुन् ।
उनी २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्दैछन् ।
पौडेल गत निर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ समेत उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया