काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता प्राप्त गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले १४ औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् ।
रोहन मुस्तफाले ६ रन बनाए भने यसअघि नेपालका लागि सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका थिए ।
प्रतिक्रिया