News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी साधन ठप्प

144
SHARES


काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् ।

प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया