• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग खेल्दै

    490
    SHARES


    काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग-२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

    खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएकाे छ ।

    कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

    नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्ककासाथ चौथो स्थानमा उक्लिनेछ । आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ । यूएई छैटौँ स्थानमा छ ।

    नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । यूएई शीर्ष तीनबाट बाहिरिएको छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको थियो । यो शृङ्खला क्रिकेट लिग-२ को अन्तिम शृङ्खला हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ