News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल, नयाँ राष्ट्रपतिले सोमबार शपथ लिने

244
SHARES


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति आजै शितल निवासबाट निजी निवासमा सर्ने भण्डारीको तयारी छ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन् । उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् ।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । पौडेलले सोमबार शपथ लिने कार्यक्रम रहेको छ । शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्ने भएका छन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया