• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि सर्वसम्मत

    458
    SHARES


    काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४ औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै ३ हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् । सीविरुद्ध कोही पनि प्रतिस्पर्धी थिएनन् ।

    उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ