काठमाडौं। आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।
शनिबार(आज) विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी गराएका हुन् ।
मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । द्वन्द्वकालीन मुद्दाको निक्र्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने गरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।
यस्तै, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन् । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलाले आफ्नो टिमसहित स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको टिमबाट सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा जीनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार रहेका छन् ।
‘हामी सबै कलेजमा आएका छौं । विद्यार्थीका समस्यालाई नजिकबाट बु्झेका छौं । क्याम्पसका समस्यासँग पनि हामी जानकार छौं,’ उम्मेदवार बडैलाले भने, ‘त्रिविको स्ववियु विवेकशील हुनुपर्छ ।
खोक्रा राजनीतिक भाषणमात्रै गर्ने भन्दा पनि अध्ययन गर्ने बौद्धिक हुनुपर्छ । राजनीतिका नाममा ढुंगामुडा गर्ने भन्दा पनि बौद्धिक रूपमा समस्याको हल खोज्ने व्यक्तिलाई यहाँहरूले जिताउनु हुनेछ भन्ने विश्वास छ ।’
नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता यसअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय रहेका थिए । तर गुटको आधारमा उम्मेदवार बनाइएपछि उनीहरूले स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवारी दिएको बताए ।
प्रतिक्रिया