• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिन्छ : योगेश भट्टराई

    527
    SHARES


    सल्यान । नेकपा एमालेका केन्द्रीय सचिव योगेशभट्टराईले बहुलवाद आफूहरूको प्रतिबद्धता भएको बताए ।

    मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत शनिबार सल्यान सदरमुकाम खलंगामा आयोजित जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिने धारणा राखेका हुन् ।

    पूर्व पर्यटनमन्त्री समेत रहेकाभट्टराईले माओवादी तीव्र गतिमा ओरालो लागिरहेको बताए । अब प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व गरे पनि माओवादी पार्टी उकालो लाग्ने कुनै आधार नरहेको उनको भनाई छ । ‘अहिले पुँजीवादी वर्ग र श्रमजीवी वर्गको मुख्य प्रतिस्पर्धा छ ।

    समाजवादी पार्टी र पुँजीवादी पार्टीको प्रतिस्पर्धा छ,’ सचिवभट्टराईले भने, ‘कांग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न सकिँदैन । उसले तल्लो वर्ग र मध्यम वर्गको हितमा काम गर्दैन,त्यस अनुसारको नीति ल्याउँदैन ।’

    माओवादीले कांग्रेसलाई पछार्न नसक्ने भन्दै उनले एमालेलाई नै बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । पार्टीको मिसन ग्रासरुटलाई बस्तीस्तरसम्म प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिँदै केन्द्रीय सचिवभट्टराईले यस अभियानले पार्टी कमिटीलाई चलायमान बनाउन र कार्यकर्तामा उत्साह सृजना गर्न राम्रो भूमिका खेलिरहेको बताए ।

    यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति चुनावमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आराेप लगाए ।

    शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आराेप पनि लगाए ।

    राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ ।

    अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएकाे टिप्पणी गरे । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ