काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपीएफवबरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जाउलाखेलले एक अंकमा चित्त बुझायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९ औं मिनेटमा जाउलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।
तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन् । यसअघि दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
२४ औं मिनेटमा जाउलाखेलका फोडे फोफानाको प्रहार एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।
प्रतिक्रिया