• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उड्ने तयारीमा रहेको जहाजभित्र एक यात्रुले रुवाबासी गरेपछि…

    285
    SHARES


    काठमाडौँ। भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घण्टा ढिलो गरी जहाज उडाइएको छ ।

    आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा ढिलो गरिएको थियो ।

    त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि सबै १ सय १७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

    ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् ।

    निगमनले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ ।

    उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ