काठमाडौँ । शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो ।
मनोज सहनी नामका व्यक्तिले ट्वीटरमा नेपाल प्रहरीको ट्वीटर एकाउन्टमा ह्यासट्याग गरेर सार्वजनिक गरेका उक्त भिडियोबारे । भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव रहेका छन् ।
उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए । कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको त्याँहाका एक स्थानीय बताउँछन् ।
आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छन् ।
जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले प्रहरी जवान यादवलाई निलम्बन गरिएकोबताएका छन् ।
प्रहरीको नियमावलीविपरित हर्कत गरेका जवान यादवलाई निलम्बन गरिएको र उनलाई विभागीय कारबाही हुने कार्कीले बताएका छन् ।
सप्तरी,राजबिराज देखी भारतीय सिमा सम्म जोडीने कुनौली सडकमा नेपाली घुम्ती टोलिका प्रहरी जवानले दिनदहाडै भारतीय ड्रग्स(नशा) गरी सर्वसाधारणहरूलाई धम्क्याउँदै! @NepalPoliceHQ pic.twitter.com/uFmte4XO1q
— Manoj Sahani🇳🇵 (@Manoj161052) March 10, 2023
प्रतिक्रिया