News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

जसपाका रामसहाय प्रसाद यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी,  प्रमिला यादव पनि बानेश्वर पुग्दै 

401
SHARES


काठमाडौँ।  जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रमसहाय यादवको पनि उम्मेदवारी पर्ने छ ।

प्रमिला यादवको बारेमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘यसअघि रामसहाय यादवको बारेमा निर्णय भइसकेको थियो त्यही भएर प्रमिला यादवको बारेमा थप निर्णय गर्नुपरेन ।

तर प्रमिला यादवले पनि उम्मेदवारी दिनुहुन्छ ।’कोशी प्रदेश सुनसरीका प्रमिला यादव राष्ट्रिय सभाकी सदस्य हुन् । उनी जसपाका राजनीतिक समितिका सदस्य पनि हुन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया