News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

उम्मेदवारी दर्तापछि शाक्यले भनिन्- लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ

191
SHARES


काठमाडौँ। उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।

शनिबार बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहने बताएकी छन् ।

लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी रहेको उनले बताइन् । ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ,’ उनले भनिन् ।

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले स बैको सहयोग हुने बताएकी हुन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। उक्त निर्वाचनको लागि शनिबार उनले मनोनयन दर्ता गराएकी हुन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया