काठमाडौँ। जनता समाजवादी पार्टीले दुई जनालाई उपराष्ट्रपतिका उम्मेदवार बनाएको छ ।
पार्टीले प्रमिला यादव र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको कार्यकारिणी सदस्य एवं सांसद प्रकाश अधिकारीले बताएका छन् । प्रमिला राष्ट्रियसभा सदस्य हुन् । उनी जसपाकी राजनीतिक समिति सदस्य हुन् ।
शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । उपराष्ट्रपति उम्मेदवार महिला कि पुरूष बनाउने भन्ने विवाद रहेको छ ।
यो विवाद भोलि अदालतमा परे उम्मेदवारी खारेज भएको अवस्थामा प्रमिला यादवलाई उम्मेदवार बनाउने जसपाले निर्णय गरेको हो ।
आजै सत्तागठबन्धनले जसपालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए ।
प्रतिक्रिया