काठमाडौँ। उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
शनिबार दिउँसो बानेश्वरस्थित संसद भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरू पुगेका छन् ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा एमालेबाट उपाध्यक्ष नेम्वाङ उम्मेदवार उठेका थिए । उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । रामचन्द्र पौडेल नेपालको तेस्रो उम्मेदवार चुनिसकेका छन् ।
प्रतिक्रिया