News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

उपराष्ट्रपतिमा गठबन्धनबाट ३ जनाले उम्मेदवारी दिने

259
SHARES


काठमाडौँ। सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि ३ जनाले उम्मेदवारी दिने भएका हुन् ।

जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाउने निर्णय गरेका छन् । दलहरुले आफ्नो-आफ्नो दाबी नछाड्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीबाट झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले बताएका छन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै उनले जनमत पार्टीले झालाई उम्मेदवार बनाएको बताएका छन् । यद्यपि, आइतबारसम्म सर्वसम्मतिले एकजनाको मात्रै उम्मेदवारी हुने उनको भनाइ रहेको छ ।

एमालेले सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको बताईको छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया