काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले महिला र पुरुष दुवैबाट राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलबाट दुईवटा उम्मेदवारी पर्ने धारणा राखेका हुन् ।
निर्वाचन आयोगले पुरुषको उम्मेदवारी रद्द गर्न सक्ने अवस्था रहेकाले महिलामा नै उम्मेदवारी दिन गठबन्धन दलले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका थिए ।
तर उनले संविधानमा फरक फरक लिङ्ग वा समुदायबाट उम्मेदवारी दिन पाउने व्यवस्था हुँदाहुँदै महिला मात्र किन भन्ने तर्क गरेको बैठकमा सहभागी एक नेताले बताए ।
‘निर्वाचन आयोगले संविधान विपरित आफ्नो धारणा राखिरहेको छ, के हामी पनि आयोग जस्तै भाषा बोल्ने र त्यसै गर्ने हो र ? यादवले प्रश्न गर्दै भनेका थिए, ‘संविधानको मर्मअनुसार नै जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिन्छ ।’ तर उनको यो प्रस्तावमा सहमति हुन सकेन ।
चार दलमा भने उपराष्ट्रपति जसपालाई दिने सहमति यसअघि नै भएको छ । तर जसपाले पुरुषलाई उम्मेदवारी बनायो र त्यसलाई आयोगले अस्वीकार गर्दियो भने बाध्य भएर कुनै महिलाको उम्मेदवारी कायम रहन्छ । त्यसपछि गठबन्धनका दलहरुले महिलालाई मतदान गर्न बाध्य हुनेछन् ।
प्रतिक्रिया