काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्ने भाको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।
यस्तै, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।
बिहान साढे ८ बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्नबसेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया