काठमाडौँ। अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) आजबाट बन्द भएको छ।
यो सँगै बैंकको ४० वर्षको दौड सकिएको छ । नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन् ।
नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो ।
पूँजी संकटले अमेरिकी इतिहासमानै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो । यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल असफल भएको थियो ।
बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित छन् ।
अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ । बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ ।
सन् १९८३ मा स्थापित, बैंक लामो समयदेखि अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो ।
क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो ।
बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।
प्रतिक्रिया