• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    त्रुटि नभेटिएपछि श्री एयरलाइन्सको उडान फुकुवा, दुईजना इन्जिनियर अझै प्रतिबन्धित

    441
    SHARES


    काठमाडौँ। श्री एयरलाइन्सको जहाजमा प्राविधिक परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीले शनिबारदेखि सबै गन्तव्यमा पुनः नियमित उडान गर्ने भएको छ ।

    बिहीबार काठमाडौंबाट भैरहवातर्फ उड्ने क्रममा ड्यास क्यू ४०० जहाजको इन्जिनबाट ‘फायर वार्निङ’ आएपछि क्यानले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच सुरु गरेको थियो ।

    प्रतिबन्धकै कारण शुक्रबार श्रीले कुनै पनि गन्तव्यमा उडान गर्न पाएको थिएन। नियमनकारी निकायको विज्ञ प्राविधिक टोलीले चेकजाँच गर्दा श्रीका सबै जहाजहरू उडानयोग्य रहेको भेटिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।

    ‘श्रीका सबै जहाजमा कुनै सिग्निफिकेन्ट कन्सर्न देखिएन, सबै जहाजको उडान प्रतिबन्ध फुकुवा गरिदिएका छौँ,’ भुलले भने । इन्जिनमा आगो देखिएर ग्राउन्डेड गरिएको जहाजमा पनि प्राविधिक समस्या हल भइसकेको हुँदा उडानका लागि फुकुवा गरिसकेको उनले बताएका छन्  ।

    तर, उक्त जहाज चेकजाँच गरी उडानका लागि योग्य ठहरेका श्रीकै दुईजना इन्जिनियरको भने प्रतिबन्ध फुकुवा गरिएको छैन । ‘इन्जिनियरले चेकजाँच गरेर ठीक भनेको जहाजमा उड्नेबित्तिकै आगो लागेको छ,’ उनले भने, ‘यसमा इन्जिनियरको लापरबाही देखिन्छ, उनीहरूमाथि थप छानबिन गरेर निर्णयमा पुग्छौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ