News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

रक्तस्रावबाट थलिएकी ३३ वर्षिया शाहीको हेलिकोप्टरबाट उद्धार

335
SHARES


हुम्ला । शुक्रबार हुम्लाको सर्केगाड गाउँपालिका-५ गोठी गाउँकी कलसी छत्याल शाही उच्च रक्तश्रावबाट थलिएपछि स्थानीय अस्पतालमा उनको उपचार सम्भव भएन ।

उनलाई तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइयो । यस आर्थिक वर्षमा उनीसहित ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

गर्भ तुहिएर दुई हप्तादेखि लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण शाहीको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

दुई हप्ता अगाडि समय नपुगी गर्भ तुइएपछि रक्तस्रावले थलिएकी ३३ वर्षकी शाही उच्च रक्तस्रावका कारण शुक्रबार बिहानबाट बेहोस भएर अवस्था चिन्ताजनक भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्‍याएलगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ

उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शाहीको उद्धार भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाइ उद्धार सेवा सुरु भएपछि धेरै महिलाहरूले राहत पाएका छन् ।

यसअघि खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा हुम्लामा एक जना व्यथा लागेकी गर्भवतीको मृत्यु भएको थियो ।

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र तााजाकोट गाउँपालिकाका व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम धेरै सहयोगी बन्नपुगेको छ ।

पछिल्लो समय कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका विकट जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रमल हवाई उद्धार सेवा सुरु भएपछि धेरै महिलाहरूले राहत पाएका छन् ।

स्थानीय स्तरमा उपचार सम्भव नहुने कर्णालीमा २०७६ सालबाट दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई सेवाबाट निःशुल्क उद्धार गर्ने कार्य थालिएपछि गर्भवती तथा सुत्केरी महिलाहरूले अकालमा ज्यान गुमाउनु परेको छैन ।

जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूको विषयमा प्रशासनसँग समन्वय गरी उद्धार गरिँदै आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया