News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

स्ववियु चुनावको लागि उम्मेदवारी दर्ता आज

227
SHARES


काठमाण्डाै। आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता गरिदै छ ।

सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

चुनावमा सत्ता साझेदार दलका विद्यार्थी सङ्गठनहरुले तालमेल गरेका छन् भने एमाले निकट अनेरास्ववियुले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । वन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन हुदैछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया