News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

377
SHARES


काठमाडौँ। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बिहान साढे ८ बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरू हुन केही समय बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो अझै लगाउन सकिरहेका छैन्न ।

उपराष्ट्रपतिको पदमा गठबन्धनबीच उम्मेदवार टुंगो नलाग्दै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेको छ ।

जसपाले गठबन्धनबीच यो विषय निर्णय भइसकेको भन्दै यादवलाई अघि सार्दा गठबन्धन दलकै जनमत पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबाटै ममता झालाई अघि सारेको छ ।

उपराष्ट्रपतिका लागि आजै शनिबार मनोनयन र आगामी चैत ३ मा निर्वाचन हुने कार्यतालिका रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया