News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

आईसीसी विश्वकप लिग-२ : पीएनजीको सहज जित

587
SHARES


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी ले यूएईमाथि सहज जित हात परेको छ ।

शुक्रबार (आज) भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै जामा १ सय ९० रन बनायो ।

यूएईका लागि आर्यन लाकरले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहमद वसिमले ४१ रन जोड्दा चन्दनगोपियल रिजवान र जवान फरिदले १९-१९ रन जोडे ।

बलिङतर्फ पीएनजीका लागि रिले हेकुरेले तीन विकेट लिए । त्यस्तै काबुवा मोरेअ र असाड भालाले २-२ विकेट लिँदा सेमो कामिया र नोरमान भानुवाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ गुमाएर २ सय ४६ रन बनाएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया