काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिले प्रधानमन्त्री प्रचण्डमाथि लगाइएको मुद्दा गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप सड्यन्त्रपुर्वक लगाइएको बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा आयोजित प्रगतिशील विवाह कार्यक्रममा बोल्दै उनले सबै एकजुट भएर उक्त मुद्दाको मुकाविला गर्नुपर्नेमा उनको जोड छ ।
रोहित ढकाल र शारदा केसीबीचको प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने योजनाअनुरुप सो कदम चलाइएको आरोप लगाएक छन्।
माओवादी आन्दोलन भनेको निरन्तर प्रगतिको बाटोमा हिड्ने भएकाले त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको लक्ष्य भएको बताउँदै, त्यसमा देशी-विदेशी शक्तिको षड्यन्त्रबाट माओवादी आन्दोलनको नेतृत्वकर्तामाथि भएको हमला सामान्य नभएको उनको भनाई छ ।
पछिल्लोपटक षड्यन्त्र गर्नेहरुले माओवादी आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई संसदीय व्यवस्थाले ल्याएको भनेर स्थापित गर्ने कुत्सित मनसायसहित कानुनी कदम चालेको आरोपसमेत लगाएका छन् । पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बाताउँदै भने,“प्रचण्ड जीसँग हाम्रा आआफ्नै किसिमका बिमति हुँदाहुँदै पनि हाम्रो धरातालमाथिको हमलालाई निश्तेज पार्न एकजुट हुनुको विकलप छैन ।”
आफूहरु मुद्दाका कारण प्रचण्डसँगै उभिए पनि संसदीय व्यवस्थामै जाने गरी मोर्चाबन्दी नगरेको प्रश्ट्याउँदै भने, “अब यही मोर्चाबाट यथास्थितिमा क्रमभंग गरेर नयाँ व्यवस्थामा जानका लागि बाटो खुल्न सक्छ, हामी संसदवादी बन्दैनौं कसैलाई भ्रम नपरोस् ।”
यस्तै उक्त कार्यक्रममा नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओलीले पनि जनवादी सस्कृतिबारे आफ्नो धारणा राखेका थिए । यस्तै बहुमत निकट जनसांस्कृतिक महासंघका केन्द्रीय संयोजक खेम थपलियाले पनि नव बिबाहित जोडीलाई शुभकाना ब्यक्त गरेका थिए ।
नेकपा बहुमतको केन्द्रीय प्रचार तथा प्रसारण विभागले आयोजना गरेको प्रगतिशील बिबाह कार्यक्रमको बिभागकी सदस्य अम्बिका चन्दले संचालन र संयोजक अशोक सुबेदीले अध्यक्षता गरेका थिए । कार्यक्रममा नव बिबाहित जोडीलाइ पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुले खादा अबिर र फूलमाला लगाई दिएर शुभ कामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया