काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार (आज) सुनुवाई हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण हेर्न नभ्याइनेमा रहेको थियो ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
प्रतिक्रिया