News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलनलाई धरासायी पार्ने षड्यन्त्र : धर्मेन्द्र बास्तोला

299
SHARES


काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् ।

बिहीबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिएका हुन् ।

बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप पनि लगाए ।

माओवादी आन्दोलन निरन्तर प्रगतिको बाटोमा हिँड्ने दाबी गर्दै उनले त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको लक्ष्य भएकाले षड्यन्त्र रच्ने काम भएको बताएका हुन् ।

पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बताउँदै उनले भने,“प्रचण्डसँग हाम्रा आआफ्नै किसिमका विमति हुँदाहुँदै पनि हाम्रो धरातलमाथिको हमलालाई निस्तेज पार्न एकजुट हुनुको विकल्प छैन ।”

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया