• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्वलन

    253
    SHARES


    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उनको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । व्यास नगरपालिका-३ अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो ।

    नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताए ।

    तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको भन्दै न्यौपानेले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ