News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री दाहालले दिए बधाई

490
SHARES


काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै संसद् भवन परिसरमै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित पौडेललाई बधाई दिएका हुन् ।

सो अवसरमा उनले पौडेलसँग अंकमाल गरेका थिए । यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया