• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १ लाख घुससहित शिक्षा अधिकृत पक्राउ

    691
    SHARES


    काठमाडौँ। ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत सातौं तहका अधिकृत पौडेललाई सेवाग्राहीबाट लिएको १ लाख घुस रकमसहित पक्राउ गरेको हो ।

    शिक्षकको सरुवा गर्दा उनले घुस रकम मागेका थिए । त्यसपछि ती शिक्षकले पौडेलले मागेजति रकम बिहीबार दिएका थिए ।

    रकम दिनुअघि ती शिक्षकले अख्तियारलाई पनि खबर गरेका थिए । लगत्तै अख्तियारको टोली पौडेलको निगरानीमा खटिएको थियो ।

    अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पौडेलले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको बताएका छन् । उनीमाथि आवस्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ