काठमाडौँ । पर्सामा लुठा नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । पर्सागढ़ी नगरपालिका-८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको मृत्यु भएको हो ।
उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले बिहबिर बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । शव पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको छ ।
यस्तै, अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । उनका नजिकैको सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।
अभिनेता अनुपम खेरले पनि ट्वीटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमले अनुपम खेरललाई नै उदृत गर्दै सतीश कौशिकको निधन भएको खबर छापेका छन् ।
उनको हृदयघातका कारण निधन भएको आफन्तलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कारमा यात्रा गरिरहेका बेला उनलाई हृदयघात भएको थियो ।
उनलाई अस्पतला पुर्याए पनि बचाउन नसकिएको आफन्तले बताएका छन् । सन् १९५६ अप्रिल १३ तारिखमा हरियाणामा जन्मेका कौशिकले अभिनयसँगै, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माण समेत गर्थे ।
उनले साजन चले ससुराल, जाने भी दो यारो र मिस्टर इण्डिया लगायत भारतीय चलचित्रमा अभिनय गरेका छन् ।
प्रतिक्रिया