काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना भर्खरै सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा रहेका छन् ।
बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८ सय ३१ मत खसेको थियो ।
मतदानमा कुल ८ सय ८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित रहेका थिए ।
यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् ।
यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको छ । यस्तै प्रदेशतर्फ ५ सय ५० मध्ये ५ सय १८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत परिणाम पनि आजै आउने छ ।
प्रतिक्रिया