• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

    429
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो ।

    तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् ।

    द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । प्रचण्डविरुद्ध आरण र चिरञ्जिविवास गिरीले फागुन २३ मा मुद्दा दायर गरेका हुन् ।

    २०७६ मा प्रचण्डले द्वन्दकालमा मारिएकाहरुको जिम्मा लिनैपरे आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ