किभ । रुसले युक्रेनका धेरै सहरमा ठूलो सङ्ख्यामा मिसाइल प्रहार गरेको छ । राजधानी किभको पश्चिमी र दक्षिणी क्षेत्रहरूमा आपत्कालीन सेवाका मानिसहरूलाई राहत र उद्धार कार्यमा खटाइएको छ ।
किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय भवनको अगाडि जलिरहेको कारहरू देखिएको बताए भने उनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह पनि गरेका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यी हमलाहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
खार्किभ र आसपासका क्षेत्रमा रहेको यो आवासीय भवनबाहेक महत्त्वपूर्ण स्थानमा रुसी पक्षबाट कम्तीमा १५ वटा मिसाइल प्रहार गरिएको छ । युक्रेनको दक्षिणी भाग ओडेसामा पनि क्षति पुगेको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया