News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रमुख दाहाल जापानमा

327
SHARES


टोकियो । जापान भ्रमणमा रहेकी भरतपुर महानगर पालिका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियोमा स्वागत गरेको छ । टोकियोस्थित रातोमाटो रेष्टुरेन्टमा प्रमुख दाहाललाई चितवन समाज जापानले स्वागत गरेको हो ।

स्वागत कार्यक्रम चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा जापानमा बसोबास गर्ने चितवनबासीसँग परिचय गर्दै आभार व्यक्त गरिन् ।

चितवनवासीहरु जहाँ रहे पनि चितवनको विकासमा हातेमालो गर्न उनले आग्रह गरिन् । प्रमुख दाहाल जापानमा रहँदा खानागावको योकोसुका नगर र भरतपुर महानगरबीच भगिनी सम्बन्ध गाँस्ने सहमतिमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।

दुबै शहरकाबीच प्रविधि, सांस्कृतिक एवं भातृत्व विकास गर्ने एवं दुबै नगरका बीच विकास र सम्बन्ध आदान प्रदान गर्ने विषयमा हस्ताक्षर हुने चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एनआरएन आईसीसी उपाध्यक्ष महेश श्रेष्ठ, आईसीसी उपाध्यक्ष भूषण घिमिरे, आईसीसी उपमहासचिव ओम गुरुङ, अरुणकुमार श्रेष्ठ एवं योकोसुका भरतपुरसग भगिनी सम्बन्ध बनाउन संयोजन गरेका चितवन समाज जापानका संस्स्थापक अध्यक्ष लोकनाथ वस्तीले मन्तव्य राखेका थिए ।

स्वागत कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, गलकोट समाजका अध्यक्ष कालिका थापा, जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त लगायतको उपस्थिति रहेको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया