काठमाडौँ । प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिदैछ ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थमै फर्काइएको थियो ।
सोही जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने श्री एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरण गरिएको जहाजमा ४ जना चालक दलसहित ७४ जना यात्रु सवार थिए ।
यस्तै, भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी (पीपी) मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।
वण्डर्स ग्रुव अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।
स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् ।
भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।
परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ ।परियोजना सञ्चालन गर्न प्रदेशप्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले जानकारी दिए ।
काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले नै निर्माण गरेको हो ।
प्रतिक्रिया