News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

७८ जना सवार श्रीको जहाजमा आगो लागेपछि…

2K
SHARES


काठमाडौँ। श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट हुनबाट बचेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट उड्ने वित्तिकै दायाँ इञ्जिनमा आगो लागेपछि पाइलटले जहाजलाई पुनः त्रिभुवन विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराए ।

काठमाडौंबाट भैरहवाका लागि उडेको उडान नम्बर ८२१ को क्यू ४०० जहाजमा ७८ यात्रु सवार थिए । जहाजमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रु सुरक्षित रहेको श्रीका प्रवक्ता अनिल मानन्धरले बताए ।

काठमाडौंबाट उड्ने वित्तिकै जहाजको दायाँ इञ्जिनबाट ‘फायर वार्निङ’ आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । ८० सिट क्षमताको जहाज क्याप्टेन भरत सिंह थापाले उडाइरहेका थिए ।

जहाजको इञ्जिनबाट फायर वार्निङ आएपछि पाइलटले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी गारएका थिए । टावरको समन्वयमा जहाज धादिङको आकाशबाट फर्किएर अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

चालक दलका सदस्यसहित ७८ यात्रु सवार जहाज धावनमार्गबाट उडेको २३ मिनेटमा अवतरण गरिसकेको थियो । ‘जहाज काठमाडौंबाट ९:३८ बजे भैरहवा उडेको थियो, तर आगो लागेको वार्निङ आएपछि बिचबाटै फर्किएर १०:०१ बजे सुरक्षित अवतरण गरेको हो’ महाप्रबन्धक तिवारीले भने ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया