सुर्खेत। सुर्खेतमा होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ की ५० वर्षीया खगीसरा सुनार रहेकी छन् ।
उनी केही दिनअघि सुर्खेत आफन्तकहाँ आएकी थिइन् । उनीसँगै पिङ खेलिरहेका दुई जना घाइते भएका छन् ।
तीन जना सँगै बसेर पिङ खेल्न लागेको बेला डोरी चुँडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । घाइते हुनेमा वीरेन्द्रनगर-३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीका छोरा छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिकै रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट उनीहरू खसेका थिए । घटनाबारे होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।
प्रतिक्रिया