• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालको लक्ष्य : चारमा चारै खेल जित्न सफल

    549
    SHARES


    काठमाडौं । फागुन २ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्ड र नामिबिया सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखला सुरु हुनु पूर्व नेपाललाई एक दिवशीय मान्यता नै जोगिने हो कि होइन भन्ने चिन्ता थियो ।

    तर २३ दिनपछि पपुवा न्युगिनी र यूएईविरुद्ध लिग टूकाे अन्तिम शृंखला खेल्न यही मैदानमा उत्रिँदा नेपाली टिम एकदिवशीय मान्यता जोगाउने होइन, तेस्रो हुँदै विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर्समा छनोट हुने दाउमा छ ।

    र त्यसका लागि नेपालको आत्म विश्वास पनि बढेको छ । २ फागुनबाट सुरु भएको शृंखलाका सबै चार खेल जितेको नेपालले त्यस लगत्तै यूएईमा गएर पपुवा न्युगिनीसमेत सम्मिलित शृंखलामा खेलेका ४ मध्ये ३ खेल पनि जित्न सफल भयो ।

    अब चारै खेल जिते विश्वकपको छनोट र २ खेल जिते एक दिवशीय मान्यता कायम रहने स्थितिमा रहेको नेपालले बिहीबारदेखि काठमाडौंमा यूएई र पपुवा न्युगिनीसम्मिलित अर्को शृंखला खेल्दै छ ।

    यी टोलीविरुद्ध पनि स्कटल्याण्ड र नामिबियाबिरुद्धको नतिजा दोहोर्‍याएमा नेपालले सिधै एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछ । कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘हामीले बेष्ट खेल्यौं भने ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना बढी रहनछ ।’

    काठमाडौंमा खेलेका ४ र यूएईमा खेलेका ४ मध्ये ३ खेल जितेपछि नेपाली टिमका कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाई घरेलु शृंखलाका लागि निकै सकरात्मक देखिएको छ ।

    ‘घरेलु कन्डिसन हामीलाई थाहा छ । अलि बढी रन बनाउन मिल्ने पिच छ,’ कप्तान रोहित भन्छन्, ‘हामी सबै जना यसका लागि तयार छौं । मोमेन्टम राम्रो भइरहेको छ । खेल जित्नु महत्वपूर्ण कुरा हो ।’

    प्रशिक्षक मोन्टी पनि वर्तमानमा रहेर प्रत्येक खेललाई हेर्दै जाने बताउँछन् भने उनी पूरै शृंखलालाई नभई आउने खेललाई ध्यान दिने र त्यो खेल सकिएपछि आगामी खेलको योजना बनाउने बताउँछन् ।म्रो खेलेको अवस्थामा जित्नेछ’, रोहितले भने ।

    यसतै, पञ्चराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ ।

    ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल उसु महासंघका सह-महासचिव राजीव महर्जनलगायतको उपस्थितिमा संघ गठन गरिएको जनाइएको छ ।

    उपाध्यक्षमा राज महर्जन, निराजन आले मगर र रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन तथा कोषाध्यक्षमा उमेश महर्जन रहेका छन् ।

    बलराम नकर्मी, प्रदीप अवाले, प्रेमचन्द्र दलार्मी, सन्ध्या महर्जन, सुस्मिता श्रेष्ठ, विकास सिलवाल र सुलेमीसिंह डंगोल सदस्यमा चयन भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ