News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

राष्ट्रपति छानिएपछि राजनीतिले स्थिरताको कोर्स समात्ने झाँक्रीको दाबी

308
SHARES


काठमाडौँ। पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति निर्वाचनपछि राष्ट्रिय राजनीतिले नयाँ कोर्स लिने बताएकी छन् । अहिले देखिएको राजनीतिक अस्थिरता भोलिको चुनावपछि स्थितरतातर्फ जाने उनको दाबी रहेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्र प्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायित्व प्राप्त हुने बताइन् । ‘राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ’, उनले दाबीका साथ भनिन् ।

‘निर्वाचनमा राष्ट्र प्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ’, पूर्वशहरी विकासमन्त्री रहेकी झाँक्रीले भनिन्, ‘त्यसपछि बन्ने राष्ट्र प्रमुखलाई स्वागत गर्दैगर्दा अब राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायित्व प्राप्त गर्नेछ ।’

झाँक्रीले दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको हिदावले ठीक नभएको पनि बताएकी छन् । कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उनको भनाई छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया