• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बालिका बलात्कार मुद्दामा ७५ वर्षीय वृद्ध जेल चलान

    360
    SHARES


    Man in prison

    गलकोट। बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।

    जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए ।

    बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।

    प्रहरीले आरोपितविरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ