News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अध्यक्ष गुरुङमाथि अख्तियारको छानबिन

428
SHARES


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ तामाङमाथि अनुसन्धान गर्ने तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (पहिलो संशोधन) ऐन, २०४८ मा उल्लेख भए अनुसार सार्वजनिक पदधारण गरेका व्यक्तिले जानीजानी वा लापरबाही साथ आफूलाई प्राप्त अधिकार बदनियत साथ वा स्वेच्छाचारी रुपमा प्रयोग गर्न पाउँदैनन् ।

तामाङले बौद्ध कलेज निर्माणका लागि साक्या बौद्ध संघको पत्रलाई हेरेर भारतीय दुतावाससँग आर्थिक सहयोगको सिफारिस गरेका थिए । तर, स्थानीय तहले वैदेशिक सहयोग माग्नुअघि अनिवार्य रुपमा संघीय सरकारको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मंगलबार तामाङले भनेका थिए, ‘मैले आफ्नो अधिकारको बारेमा ख्याल नगरेको रहेछु । बल्ल थाहा पाएँ । तर, गलत नियत वा मनसायले गरेको होइन ।’

आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले मुस्ताङमा बौद्ध कलेज स्थापनाबारे बाहिर आएका कुराहरुलाई आयोगले गम्भीर ढंगले हेरिरहेको बताए ।

उनले भने, ‘सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भनिसकेको छ । छानबिनको रिपोर्ट आएपछि आयोग एउटा निर्क्यौलमा पुग्छ ।’

यो बीचमा कसैले उजुरबाजुर गरे आयोगले छानबिन नरोक्ने उनको भनाइ रहेको छ । गाउँपालिका अध्यक्ष तामाङले दूतावासलाई पत्र लेख्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराएका थिएनन् ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले गाउँपालिका र अध्यक्षको क्रियाकलापबारे अब अख्तियारले छानबिन गर्नसक्ने बताएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया