• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्ड एमालेसँग एकतामा जानुको कारण यस्तो पो रहेछ, बाबुराम भट्टराईले खोले रहस्य !

    18K
    SHARES

    काठमाडौं, ६ जेठ ।

    नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सत्ताको सवार्थका लागि माओवादी प्रचण्ड एमालेमा विलय भएको खुलासा गरेका छन् ।

    अनलाईन खबरसँगको अन्तर्वार्ताका क्रममा उनले माओवादी, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी केन्द्र निर्माण गर्ने बारेमा छलफल हुँदाहुँदै पनि सत्ताको स्वार्थ पुरा हुन नसक्ने भएपछि प्रचण्डले पार्टी नै एमालेलाई बुझाएको बताएका छन् ।

    ‘१७ असोजमा तीन पक्षका बीचमा एकता गर्ने कुरा आयो । एमाले, माओवादी र नयाँ शक्ति मिल्ने कुरा भयो । त्यतिबेला पनि मैले मार्क्सवादलाई सिर्जनशील ढंगले प्रयोग गरेर नयाँ समाजवादी धारको रुपमा विकास गर्नुपर्छ भन्ने मैले राखेको थिएँ तर, समय कम थियो ‘ बाबुरामले भनेका छन्- प्रचण्डले मुखले ‘जाने त त्यतै हो’ भन्नुभयो तर, व्यवहारमा जान चाहनुभएन र हामी छोड्न बाध्य भयौं । केपी ओलीले पनि कम्युनिष्ट शब्द छोड्दा मलाई पार्टीभित्र अप्ठ्यारो पर्न सक्छ तर, जाने त त्यतै हो भन्नुभएको थियो ।’

    त्यस क्रममा आफुले पटकपटक प्रचण्डसँग छलफल समेत गरेको उनले खुलासा गरेका छन ।’मैले माओवादी, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी केन्द्र निर्माण गरौं भन्ने पहल गरेकै हो । उनले भनेका छन्- ‘त्यही क्रममा पहिले प्रचण्डसँग भेटेँ, पछि उपेन्द्र यादवसँग भेटेँ, हामी तिनै जना पनि भेट्यौं । तर, प्रचण्डमा पूरै द्विविधा थियो ।’

    चैत महिनासम्म आइपुग्दा एमाले र माओवादी केन्द्र मिल्ने कुरा ढलमलाइ राखेको अवस्थामा समेत प्रचण्डसँग कुरा गर्ने प्रयत्न आफुले जारी राखेको पनि उनले बताएका छन् ।

    ‘चैत महिनातिर आइपुग्दा एमाले र माओवादी केन्द्र मिल्ने कुरा ढलमलाइ राखेको थियो । त्यो बेला मैले फेरि एकचोटी प्रचण्डसँग कुरा गर्ने प्रयत्न गरेँ । तपाईंहरु अनावश्यक ढंगले सत्ता, स्वार्थमा केन्दि्रत भएर मूल चिजलाई छोड्दै जाँदै हुनुहुन्छ, त्यसले नोक्सान गर्छ, समय अझै बाँकी छ, तपाईले मार्क्सवादको प्रयोगलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ र नयाँ समाजवादी धार बनाउन चाहनुहुन्छ भने हामी मिलौं भनेको थिएँ । मेरो कुनै पूर्वाग्रह छैन पनि भनेँ । बाबुरामले अगाडि भनेका छन्- ‘ मैले माओवादी, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी केन्द्र निर्माण गरौं भन्ने पहल गरेकै हो । त्यही क्रममा पहिले प्रचण्डसँग भेटेँ, पछि उपेन्द्र यादवसँग भेटेँ, हामी तिनै जना पनि भेट्यौं । तर, प्रचण्डमा पूरै द्विविधा थियो । सत्ता र स्वार्थको भागबन्डा आफूले भनेअनुसार प्राप्त हुँदा उतै जाने र त्यो प्राप्त नहुँदा यतापट्टि आउन उद्दत भएको म पाउँथेँ । त्यो बीचमा २/३ हप्ता उहाँ ढुलमुलमै रहनुभयो ।’

    अन्तमा एमालेले पार्टीभित्र प्रचण्डको स्थान सुरक्षित रहने विश्वस्त गराएपछि उनी त्यतै लागेको बाबुरामको भनाइ छ । ‘अन्ततः एमालेले विश्वस्त गराए कि पार्टीभित्र उहाँको स्थान सुरक्षित रहन्छ । त्यसपछि फेरि उहाँ कम्युनिष्ट खोल ओढेर उतै जानुभयो । यथार्थ यही हो ।’ बाबुरामले भनेका छन्- ‘कम्युनिष्ट नामप्रति मात्रै मेरो कुनै आपत्ति होइन । सारतत्व नै फेरौं, चरित्र फेरौं भन्ने हो । सारमा उहाँहरुले चारित्रिक रुपमा चरम प्रकारको नोकरशाही, पुँजीवादको प्रयोग गरिरहनु भएको छ । केपी ओलीजी र प्रचण्डजीको शैली उस्तै छ ।’

    ओली-प्रचण्ड कमिसन खोरहरु, विभिन्न प्रकारका भ्रष्टाचारजन्य गतिविधिमा संलग्न तत्वहरुको आड लिएर सत्ता सञ्चालन गर्ने काम गरिरहेको बाबुरामको आरोप छ ।

    ‘केपी ओलीजी र प्रचण्डजीको शैली उस्तै छ । तपाईले हेर्नुभयो भने जुन प्रकारको कमिसन खोरहरु, विभिन्न प्रकारका भ्रष्टाचारजन्य गतिविधिमा संलग्न तत्वहरुको आड लिएर सत्ता सञ्चालन गर्ने काम गरिरहनुभएको छ, त्यो कसैबाट लुकिरहेको छैन । राज्य संयत्रलाई पनि एक किसिमले आसेपासे र पुँजीवादको विकास गरिराख्नु भएको छ ।’ उनले भनेका छन्- ‘त्यसलाई परिवर्तन नगरेसम्म कम्युनिजमको खोल मात्रै लगाइदिएर भांग्राको टोपीमा गुहेंलीको फूल भनेजस्तो जनतालाई ढाँट्ने काम मात्रै हुन्छ । त्यसकारण कम्युनिष्ट शब्दप्रति मात्रै मेरो आपत्ति होइन, त्यो प्रकारको सार र रुप पक्ष नै बदलौं भन्ने हो ।’

    बाबुराम नजरमा ओली-प्रचण्ड 

    प्रचण्ड हाम्रो समकालीन नेपाली समाजको जुन वर्गीय, सामाजिक धरातल छ, त्यसमा जन्मिएको सक्षम पात्र हुन् । हाम्रो जुन पुँजीवादी संक्रमणकालीन समाज छ, जसले अत्यन्त गहिराइमा गएर सोच्न सक्दैन । त्यस्तो समाजमा तत्काल मन्त्रमुग्ध पारेर कुरा राख्न सक्ने त्यस्ता नेताप्रति नै मान्छे आकर्षित भएर उसको देवत्वकरण गर्छ । त्यसअर्थमा उहाँले छिटै आफूलाई स्थापित गर्न सफल त रहनुभयो ।

    प्रचण्डको सकारात्मक पक्ष भनेको अत्यन्त क्रियाशीलता र बोली व्यवहारबाट मान्छेलाई प्रभाव पार्न सक्ने क्षमता छ । तर, मुख्य कुरा नेतृत्वमा हुनुपर्ने रुपान्तरणकारी राजनीति गर्ने व्यक्तिले चाहिँ आफ्नो विचारमा स्पष्टता, वैज्ञानिकता र त्यसप्रतिको दृढता चाहिँ आवश्यक पर्छ । त्यो कुरा उहाँमा कमी छ । क्षणिक लाभका निम्ति दीर्घकालीन लक्ष्यलाई तिलाञ्जली दिने खालको उहाँको स्वभाव थियो ।

    नेपाली समाजलाई नै अग्रगामी दिशातिर लिएर जानका निम्ति एउटा रुपान्तरणकारी भूमिका निर्वाह गर्न सक्ने, अत्यन्त दूरदर्शी दृष्टि राख्ने राजनेताको समाजले खोजी गरेको छ । यो भूमिका ओलीजी र प्रचण्डजीबाट कसरी हुन्छ, त्यो भोलिको दिनमा मात्रै भन्न सकिन्छ

    मसँग नमिल्दो चाहीँ केही कुरा थिए । म अलि परसम्मको कुरालाई जोड दिन्थें, उहाँ तत्कालीन विषयमा । उहाँले सत्ता, स्वार्थमा जोड दिए पनि त्यसको पूरक चाहिँ हुन्थ्यो । जब संविधान जारी भएपछि आन्दोलनले नयाँ चरणमा प्रवेश गर्‍यो, त्यसैले माओवादी आन्दोलनलाई नयाँ ढंगले प्रयोग गरेर जाऔं भनेर मैले भनेकै हुँ । त्यसको दुई वर्ष नबित्दै प्रचण्डले माओवादी आन्दोलनलाई बिघटन गर्नुभयो ।

    केपी शर्मा ओलीको पनि झापा आन्दोलनदेखि नै त्यस्तै प्रकृतिको स्वभाव थियो । साझा आन्दोलनको धारभित्र पनि ओलीको प्रवृति अलिकति दक्षिणपन्थी, अलिकति यथावादी सोच हो । पछिल्ला चरणमा पनि परिवर्तन, गणतन्त्र, संघीयताका विपक्षमा पनि उहाँ उभिनुभयो ।

    संयोग के पर्‍यो भने, भारतीय नाकाबन्दीपछि पहाडी, खसआर्य समुदायको मनलाई एकतावद्ध गरेर राष्ट्रवादको कभरभित्र एउटा समुदायको नेता बन्ने अवसर पाउनुभयो । त्यसकै बलमा उहाँ शक्तिशाली व्यक्तिका रुपमा आउनुभयो तर, नेपालमा अत्यन्त पीछडिएको सामाजिक, आर्थिक अवस्था, विविधतायुक्त जातीय, क्षेत्रीय संरचना र अन्त्यन जटिल राजनीतिक संरचना छ । सन्तुलन मिलाउन देशलाई एकतावद्ध राख्दै समृद्धिको दिशा हुँदै समाजवादतिर जाने जुन कार्यभार बाँकी छ, त्यो पूरा गर्न उहाँलाई सहज छैन । तर, पनि ओलीजी एक सक्षम नेता हो, डाइनामिक नेता हो भन्ने कुरामा द्विविधा छैन ।

    नेपाली समाजलाई नै अग्रगामी दिशातिर लिएर जानका निम्ति एउटा रुपान्तरणकारी भूमिका निर्वाह गर्न सक्ने, अत्यन्त दूरदर्शी दृष्टि राख्ने राजनेताको समाजले खोजी गरेको छ । यो भूमिका ओलीजी र प्रचण्डजीबाट कसरी हुन्छ, त्यो भोलिको दिनमा मात्रै भन्न सकिन्छ ।

    अन्तर्वार्ताको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ